“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

काठमाडौँ – विश्वव्यापी रूपमा मनाइने “बालबालिकाका लागि प्रार्थनाको दिवस” यस वर्ष पनि जुन ७ (नेपाली मिति अनुसार जेठ २४ गते, शनिबार) का दिन नेपालभर विविध कार्यक्रमहरूका साथ मनाइने भएको छ। यस अवसरमा नेपाल प्रेयर काउन्सिलले सम्पूर्ण मण्डलीहरूलाई विशेष प्रार्थनामा सहभागी हुन आग्रह गरेको छ।

नेपाल प्रेयर काउन्सिलका अनुसार, यस अवसरमा बालबालिकाको भविष्य, सुरक्षा, शिक्षा र आत्मिक वृद्धिका लागि विशेष प्रार्थना गरिनेछ। काउन्सिलले मण्डलीहरूलाई करिब ५ मिनेट समय छुट्याएर, विशेष रूपमा तयार पारिएका प्रार्थनाका विषयहरूमा आधारित रही प्रार्थना समावेश गर्न अनुरोध गरेको छ।

यसै सन्दर्भमा, काठमाडौं उपत्यकाभित्र रहेका मण्डलीहरूका लागि विशेष संयुक्त प्रार्थना सभा पनि आयोजना गरिएको छ। शनिबार दिउँसो २ बजे, पुतलीसडकस्थित बेथशालोम चर्चमा आयोजना हुने सो कार्यक्रममा उपत्यकाका विभिन्न मण्डलीहरू सहभागिता जनाउनेछन्।

नेपाल प्रेयर काउन्सिलका प्रतिनिधि धनराज घिमिरेले प्रार्थनाको माध्यमबाट बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गर्दै सबैलाई सहभागी हुन आह्वान गरेका छन्। “तपाईंहरूको सहभागिता हामी सबैको लागि आशीषको कारण हुनेछ,” घिमिरेले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here