तालीम केन्द्र भवनको उद्घाटन

चितवन, गढ्यौली — चर्च अफ गड नेपाल, राप्ती नगरपालिका–२, गढ्यौली, चितवनमा नयाँ तालीम केन्द्र भवनको उद्घाटन सम्पन्न भएको छ। जुन ४ तारिख २०२५ (२०८२ साल जेठ २१ गते) का दिन सम्पन्न उद्घाटन कार्यक्रमलाई दक्षिण कोरियाका एल्डर ली जुन्हो, चर्च अफ गड नेपाल, तथा मेघालय मिसन बोर्डको सहकार्यमा निर्माण गरिएको भवनलाई समर्पण गरिएको हो।

यस भवन निर्माण कार्यको समन्वय एल्डर सानु बाबु तामाङले गर्नुभएको थियो। उद्घाटन कार्यक्रम चर्च अफ गड नेपालका पास्टर चे जोंग सुक तथा मेघालय मिसन बोर्डका अध्यक्ष रेव. बारवेल खरसातीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

यो तालीम केन्द्र भवन “परमेश्वरको महिमा”का लागि समर्पित गरिएको हो, जसको निर्माण दक्षिण कोरिया र भारतको मेघालय राज्यस्थित मिसन बोर्डको संयुक्त दान र सहयोगमा सम्पन्न भएको हो।

यस तालीम केन्द्रले स्थानिय समुदायलाई धार्मिक शिक्षा, नेतृत्व विकास, र सामाजिक सेवामा प्रशिक्षण प्रदान गर्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here