Sunday, June 29, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home प्रदेश

लिच्छवीकालीन विहारको अध्ययन सुरु

आशिष संवाददाता by आशिष संवाददाता
February 26, 2023
in प्रदेश, समाचार, सरकार
लिच्छवीकालीन विहारको अध्ययन सुरु
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–२ महामण्डलमा अवस्थित प्रसिद्ध विहार स्वयम्भू-चैत्यको पुरातत्व विभागले अध्ययन थालेको छ ।

प्राप्त इतिहासअनुसार करिब चौध सय वर्षअघि लिच्छवीकालीन समयमा निर्माण गरिएको उक्त विहार जीर्ण भएसँगै उत्खनन, अध्ययन, अन्वेषणसहित पुरातात्विक स्वरुपमा पुनःनिर्माणका लागि पुरातत्व विभागले अध्ययन सुरु गरेको हो ।

अध्ययनका लागि बेलायतको दुराम विश्वविद्यालयबाट आएका पुरातत्वविद्ले अत्याधुनिक उपकरणको प्रयोगबाट जमिनमुनि रहेका संरचनाको जानकारी सङ्कलन सुरु गरेको विभागमा प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए।

उनका अनुसार अहिले देखिएका स्वयम्भू-चैत्यको संरचना निकै पुरानो पाइएको छ । विद्यमान अवस्थामा रहेका संरचनाको पुरातात्विक स्वरुपसमेत नमिलेको पाइएकाले जमिनमुनिको भागबाट अध्ययन सुरु भएको हो । “अध्ययनको प्रतिवेदन प्राप्त गर्न केही दिन लाग्नेछ”, प्रवक्ता कुँवरले भने, “जमिनमुनिको भागमा पाइएको तथा देखिएका तथ्यका आधारमा अर्को चरण (जमिनमाथि)को अध्ययन सुरु हुनेछ ।”

स्वयम्भू (चैत्य)को अध्ययनका लागि शनिबार यहाँ आएको बेलायतको दुराम विश्वविद्यालयका दुई सदस्य पुरातत्वविद्ले अत्याधुनिक उपकरणको सहायताले सङ्कलन गर्नुपर्ने विवरण लिएर आइतबार फर्किएका छन् ।

स्वयम्भू (चैत्य)को अहिलेको अहिलेको अवस्था

छरिएका ढुङ्गाका स–साना चैत्यहरूको बीचमा फराकिलो पीठको बीचमा थप अर्को (पूर्णता पाउन बाँकी रहेको) मूल चैत्य अवस्थित छ । चैत्यको पूर्वी मोहडामा दायाँ–बायाँ दुईवटा सिंहको मूर्ति राखेर प्रवेशद्वार बनाइएको छ भने चैत्यको अगाडि बायाँ भागमा गणेशको मूर्ति देखिएकाले त्यसको दायाँ भागमा भैरवको मूर्ति नहुनुले जमिनमुनिको उत्खननको आवश्यकता पहिचानका लागि नगरपालिकाले अनुरोध गरेर अध्ययनको माग गरेको विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले बताए ।

उनका अनुसार यत्रतत्र (पुरातात्विक संरचनाअनुसार नमिलेको अवस्थामा) गणेश, भीमसेन, गरुडासन विष्णु, सरस्वतीलगायतका मूर्ति पाइएका छन् । मूल स्तूप र यस आसपासमा पुरातात्विक संरचनाअनुसार भैरवलगायतका मूर्ति हुनुपर्ने स्थानको संरचना खलबलिएको पाइएकाले उत्खननका लागि गरिएको अध्ययनको प्रतिवेदनले थप तथ्य बाहिर आउने आशा छ ।

“चैत्यस्थलको चारै दिशामा टुटेफुटेका पुरातात्विक वस्तु तथा निर्माणका संरचना यत्रतत्र देख्न पाइन्छ”, नगरप्रमुख श्रेष्ठले भने, “लामो इतिहास, ऐतिहासिक संरचना र संस्कृतिको भरिपूर्ण रहेको विहारलाई लिच्छवीकालदेखि शाहकालसम्मको विभिन्न तथ्यसँग जोडेर गरिएको प्रचार अहिलेसम्म यथार्थमा प्रश्न उठेकाले भ्रम हटाउन अध्ययन थालिएको हो ।”

विदुर नगरपालिका–२ मा अवस्थित साततले दरबार नेपाल एकीकरणको समयमा नुवाकोटमाथि विजयी भएपश्चात पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएका थिए । सोही दरबारको परिसरको उत्तरतर्फ मल्लकालीन तलेजु (तुलजा) भवानीको मन्दिर रहेको छ । उक्त मन्दिरको उत्तरतर्फमा अवस्थित यहाँको विहार–स्वयम्भू (चैत्य)सहितका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक संरचना भने लिच्छवीकालीन रहेको विभिन्न तथ्य र शिललेखमा उल्लेख गरिएको भए पनि यकिन कुन समयमा के प्रयोजनका लागि निर्माण गरिएको थियो भन्ने थाहा नभएकाले अहिले गरिएको अध्ययनलाई महत्वको रूपमा लिएको नुवाकोट दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुनप्रसाद फुँयालले बताए ।

Previous Post

लिच्छवीकालीन विहारको अध्ययन सुरु

Next Post

काभ्रे ख्रिस्टयन समुदाएको  २७ औ वार्षिकोत्सव सम्पन्न 

आशिष संवाददाता

आशिष संवाददाता

Next Post
काभ्रे ख्रिस्टयन समुदाएको  २७ औ वार्षिकोत्सव सम्पन्न 

काभ्रे ख्रिस्टयन समुदाएको  २७ औ वार्षिकोत्सव सम्पन्न 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025
तालीम केन्द्र भवनको उद्घाटन

तालीम केन्द्र भवनको उद्घाटन

June 5, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In