नेपाली ख्रिष्टियन समुदायको हक हित र पहिचाहनको लागी लक्षित गर्दै ”नेपाल इसाई संघ” गठन भएको छ l के. वि. थिंगको अध्यक्षतामा ललितपुरमा रहेको रोयल क्याफेमा १५ सदसीय गरि ”नेपाल इसाई संघ” को गठन भएको हो l

”नेपाल इसाई संघ” ख्रिष्टियन हरुको लागी मात्र नभएर सबै नेपालीहरुको हकहितमा रहेर काम गर्ने अध्यक्ष के.वि. थिंग को भनाइ रहेको थियो l साथै अल्पसख्यक धार्मिक समुदायको आवाजलाई बुलन्द पर्ने र सरकारसंग सहकार्य गरि पहिचाहन गुमाएकाहरुको पहिचाहन दिलाई दिने काम ”नेपाल इसाई संघ” ले गर्ने बताए l

पछिल्लो समय नेपाली ख्रिष्टियन समुदायले आफ्नो पहिचाहन खोज्दै गर्दा आफ्नो पहिचाहन गुमाएको महसुस भए पछी आफ्नो पहिचाहनको लागी यो ”नेपाल इसाई संघ” आबस्यकता देखिए संगै ”नेपाल इसाई संघ” को गठन भएको हो l इसाई हरुको हकहितको लागी भनि धेरै संघसस्था खुले पनि सरकार सम्म आफ्नो हकहित र अधिकारको कुरा पुर्याउन नेतृत्व गर्ने कुनै संघसस्था नभए पछी यो ”नेपाल इसाई संघ” भएको हो l

पटक पटक सरकार संग आफ्नो पहिचाहन को लागी आवाज उठाउदा पनि सरकारले वास्ता नगरे को र झनै सरकार इसाईहरुको बिरुद्धमा लागेको उपस्थित भएकाहरुको आरोप थियो l अब इसाईहरु सधै प्रार्थनामा मात्र सिमित नरहेर आफ्नो पहिचाहन को लागी काम गर्नु पर्ने समय आएको छ l

सधै चर्च र मण्डली समुदायमा मात्र सिमित हुदा सरकारले हक अधिकारका कुराहरुमा सधै आस्वासन मात्र देखाउने काम भएको गुनासो थियो l ख्रिष्टियन संघ सस्था हरु भए पनि सबै एकतामा नहुदा आफ्नो पहिचाहनको सुनिश्चित गर्नको लागी ”नेपाल इसाई संघ” को गठन भएको के .वि थिंग ले बताए l