३० मंसिर ललितपुर २०७६ । सबै मण्डलीहरुको संयुक्त आयोजना र इस्टर महोत्सव २०१९, आयोजक समितिको विशेष पहलमा संयुक्त ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
ललितपुर कुमारीपाटीस्थित क्वाइनोनिया पाटन मण्डलीमा आयोजित संयुक्त ख्रीष्टमस कार्यक्रममा काठमाण्डौँ, ललितपुर र भक्तपुर उपत्यकाका मण्डलीका पास्टर तथा अगुवाहरु, संघसंस्थाका प्रमुखहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता आयोजक समितिका अध्यक्ष रेभ. डा. सिमोन पाण्डेले गर्नुभएको थियो भने कार्यक्रमको संचालन पा. पदमनाथ पराजुलीले गर्नुभएको थियो । कार्यक्रममा शुभकामना मन्तब्य दिने क्रममा नेपाल ख्रीष्टियन समाजका महासचिव पा. डिल्लीराम पौडेलले ख्रीष्टियन समुदायलाई लोगो र इगोले एक ठाउँमा ल्याउन नसकेको बताउनुभयो ।
उनले ख्रीष्टियन समुदायभित्र एकताको आवश्यकता रहेकोले समुदायका विभिन्न संगठनहरु एक ठाउँमा आए मात्र ख्रीष्टियन समुदायको पहिचान र अधिकार सुनिश्चित हुने भएकोले सबैलाई एक ठाउँमा आउन आह्वान गर्नु भएको थियो । साथै भक्तपुर ख्रीष्टियन समाजका अध्यक्ष पा. पासाङ तामाङले ख्रीष्टिमसको दिन विद्यालयको नियमित परीक्षा पर्ने भएकोले सो परीक्षा स्थगित गरी ख्रीष्टियन समुदायको महान पर्वलाई सम्मान गर्न नेपाल सरकारलाई आग्रह गर्नुभएको छ ।
कार्यक्रममा विभिन्न ख्रीष्टमस सम्बन्धी विभिन्न गित तथा नृत्यहरू प्रस्तुत गरिएको थियो भने आराधनामा संगीत झुण्डले आराधना अगुवाई गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता आयोजक समितिका अध्यक्ष रेभ. डा. सिमोन पाण्डेले गर्नुभएको थियो भने कार्यक्रमको संचालन पा. पदमनाथ पराजुलीले गर्नुभएको थियो ।