कर्मचारी सञ्चय कोष विधेयक विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

0

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्ताव प्रस्तुत गरेका थिए। सांसदहरूले उठाएका सैद्धान्तिक प्रश्नको जवाफ दिएपछि सभामुख डोलप्रसाद अर्यालले विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए।

विधेयक अब दफावार छलफलका लागि अघि बढ्नेछ। संशोधनमा कर्मचारी सञ्चय कोषको सञ्चालन तथा व्यवस्थापनमा समसामयिक सुधारका विषय समेटिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here