काठमाडौं, १ असोज । स्वीडेनस्थित भी-डेम इन्स्टिच्युटको सन् २०२६ को रिपोर्टअनुसार अमेरिकाको लोकतन्त्र कमजोर बन्दै गएको छ। मिडिया तथा विरोधी आवाजमाथिको दबाब, अभिव्यक्ति स्वतन्त्रतामा कमी, नागरिक अधिकार कटौती र राष्ट्रपतिको शक्ति केन्द्रित हुनुलाई यसको मुख्य कारण मानिएको छ।
रिपोर्टमा ट्रम्पको दोस्रो कार्यकालमा यी प्रवृत्ति थप तीव्र भएको र अमेरिका ‘लिबरल डेमोक्रेसी’बाट ‘इलेक्टोरल डेमोक्रेसी’मा झरेको उल्लेख छ। विश्वका २०२ देश तथा क्षेत्रमा गरिएको अध्ययनमा अमेरिका सहित ४४ देश निरंकुशतातर्फ उन्मुख रहेको जनाइएको छ।
यद्यपि, अमेरिकामा अभिव्यक्ति स्वतन्त्रता अझै धेरै देशको तुलनामा उच्च रहेको र अदालत तथा सर्वोच्च अदालतले लोकतान्त्रिक नियन्त्रण कायम राख्न भूमिका खेल्न सक्ने रिपोर्टमा उल्लेख छ।















