काठमाडौँ । चीन सरकारले उपलब्ध गराएको पाँचौँ किस्ताको आपत्कालीन राहत सामग्री शुक्रबार चिनियाँ जनमुक्ति सेनाको वाई–२०ए विमानमार्फत काठमाडौँ आइपुगेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित हस्तान्तरण समारोहमा चिनियाँ राजदूत झाङ माओमिङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी थिए।
यस किस्तामा डिजेल जेनरेटर, मेडिकल मास्क, मर्चुरी फ्रिजर, डीएनए परीक्षण उपकरण तथा रियाजेन्ट र जल उद्धार सामग्री रहेका छन्। यी सामग्रीले नेपालमा जारी उद्धार तथा राहत कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।















