सुदूरपश्चिममा नाउपाका लक्ष्मण चौधरीद्वारा मुख्‍यमन्त्रीमा दाबी पेस

0

काठमाडौं : सुदूरपश्चिम प्रदेशको मुख्‍यमन्त्रीमा केन्द्रको गठबन्धनविपरीत नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मण किशोर चौधरीले दाबी पेस गरेका छन्।

चौधरीले नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

केन्द्रमा नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी बीचमा भएको सहमतिविपरीत उनीहरूले कांग्रेससँग मिलेर मुख्‍यमन्त्रीमा दाबी पेस गरेका हुन्।

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा अहिले ५१ सांसद छन्। एक सांसदको निधन र समानुपातिक सांसद इन्दिरा गिरी पदमुक्त भएपछि २ पद रिक्त छन्। 

सुदूरपश्चिममा सरकार बनाउन २६ सांसदको समर्थन चाहिन्छ। सुदूरपश्चिम प्रदेशको मुख्‍यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले आज साँझसम्मको समयसीमा तोकेका छन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here