आज पनि आन्दोलनमै न्युरोडका व्यापारी

0

काठमाडौं : महानगरले न्यूरोड क्षेत्रमा पार्किङ गर्न नदिने निर्णय गरेसँगै यसक्षेत्रका सम्पूर्ण व्यापारीहरू आज पनि आन्दोलित भएका छन्।​ मंगलबारबाट पसल बन्द गरेर आन्दोलनमा उत्रिएका उनीहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिएका हुन्।

धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ गर्न नपाइने काठमाडौं महानगरले निर्णय गरेको छ। यस निर्णयले आफूहरूको व्यापारमा कमी ल्याएको भन्दै उनीहरूले आन्दोलन गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here