भोटेकोशी–त्रिशूली बाढीबाट डेढ लाख नागरिक प्रभावित

0

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लाका करिब डेढ लाख नागरिक प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका २५ जनामा झाडापखाला देखिएको छ भने अन्य ठूलो स्वास्थ्य समस्या देखिएको छैन।

उनले विपद्बाट सिकेको पाठअनुसार आगामी स्वास्थ्य संरचना जलवायु अनुकूल र स्थानीय भौगोलिक अवस्थाअनुसार निर्माण गर्नुपर्ने बताए। मन्त्रालयले पुनर्स्थापना तथा पुनर्निर्माणका लागि ‘क्लाइमेट रेजिलेन्स स्ट्रक्चर’ सहितको मास्टरप्लान बनाइरहेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here