सीमापार वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक

0

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सीमापार हुने वन्यजन्तु अपराध नियन्त्रणका लागि दक्षिण एसियाली देशबीच प्रभावकारी समन्वय र सूचना आदानप्रदान आवश्यक रहेको बताएका छन्।

दक्षिण एसिया वन्यजन्तु अपराध नियन्त्रण सञ्जालको पहिलो महासभालाई सम्बोधन गर्दै उनले वन्यजन्तु तथा जैविक विविधता संरक्षणका लागि क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताए। वन्यजन्तुको अवैध व्यापार अन्तर्राष्ट्रिय सुरक्षाका लागि समेत चुनौती बन्दै गएको उनको भनाइ छ।

उनले महासभाले सदस्य राष्ट्रबीच मित्रता, विश्वास र साझेदारी थप सुदृढ गर्ने विश्वास व्यक्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here