पोखरामा स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २१ विद्यार्थी घाइते

0

काठमाडौं : पोखरामा बिहान स्कुल बस दुर्घटना हुँदा २१ विद्यार्थी घाइते भएका छन्। एक जनाको मृत्यु भएको छ।

पोखरा महानगरपालिका–२१ फुस्रेखोलाको घुम्तीमा रामदीबाट बिरौटा फर्कने क्रममा एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना भएको हो।

ग १ क ६३१९ नम्बरको बस सडकबाट झन्डै ६० मिटर तल खसेको थियो। बसमा चालक, सहचालक र २१ विद्यार्थीसहित २३ जना सवार थिए। घाइतेहरुलाई उद्धार गरेर गण्डकी मेडिकल कलेज, गण्डकी अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार जारी छ।

दुर्घटनामा बसका सहचालक आरती विकको मृत्यु भएको पोखरा महानगरपालिका-२१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदीले जानकारी दिए। केही विद्यार्थीको अवस्था गम्भीर उनको भनाइ छ। थप विवरण आउन बाँकी छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here