Sunday, June 29, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home प्रभाव

आर्थिक अभावका कारण मिर्गौला रोगीको उपचारमा समस्या

आशिष सम्बाददाता by आशिष सम्बाददाता
November 7, 2023
in प्रभाव, विशेष, समाचार, सरकार
आर्थिक अभावका कारण मिर्गौला रोगीको उपचारमा समस्या
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

तुलसीपुर : सरकारले मिर्गौलाका विरामीलाई निःशुल्क डाइलासिस सेवा दिए पनि आर्थिक अभावका कारण उनीहरूलाई त्यो सेवा लिन समस्या भएको छ।

दाङमा राप्ती प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र लमहीको सामुदायिक डाइलासिस सेन्टरमा गरी डेढ सयभन्दा बढीले नियमित डाइलासिस गराउँदै आएका छन्।

लमही नगरपालिका-९ तेलियाकी कौशिला चौधरीले ३५ वर्षीय श्रीमान् करमलाल चौधरीका दुबै मिर्गौला फेल भएपछि आर्थिक अभावका कारण उपचार गर्न समस्या भएको बताइन्। घरको कमाउने व्यक्ति नै विरामी भएपछि आफूहरूलाई धेरै समस्या भएको उनको भनाइ छ।

उनले भनिन्, ‘घरमा ५ जना छौँ। कमाउने व्यक्ति विरामी हुनुहुन्छ। भएको पैसाले उहाँको उपचार गर्दै आएका छौँ। अब पैसा छैन। उहाँको उपचार कसरी गर्ने? छोरीहरूलाई कसरी पाल्ने? निकै समस्या छ।’

उनले युवावस्थामै श्रीमान्‌का दुईवटा मिर्गौलाले काम नगर्ने अवस्था भएको भन्दै पैसाका कारण उपचार गर्न नसकेको बताइन्। आर्थिक अभावका कारण श्रीमान् अहिले रुँदै घरमा बस्नुपरेको उनको भनाइ छ। यसैगरी राप्ती गाउँपालिका-५ कालापानीकी संगीता चौधरीलाई पनि उस्तै समस्या छ।

उनका श्रीमान्‌का पनि दुईवटा मिर्गौलाले काम गर्न छाडेका छन्। आर्थिक अवस्था कमजोर रहेको हुँदा समस्या भएको बताइन्। उनका अनुसार श्रीमान्‌को अहिले लमहीमा डाइलासिस हुँदै आएको छ। उनले भनिन्, ‘डाइलासिस गर्न लागेको एक वर्ष भयो। उहाँको उपचार गर्दा भएको थोरै जग्गा पनि बेचिसक्यौँ। घरमा कमाउने भनेकै श्रीमान् हुनुहुन्छ। उहाँलाई यस्तो रोग लागेपछि हामी अहिले निकै समस्यामा छौँ।’

उनका अनुसार श्रीमान्‌ले पहिला गाडी चलाउँथे। विरामी भएपछि जचाउँदा मिर्गौलाले काम नगरेको थाहा भयो। हप्ताको २ पटक निःशुल्क डाइलासिस गर्दै आए पनि औषधि लगायतका खर्च आफैंले बेहोर्नुपर्ने उनले बताइन्। उनले भनिन्, ‘नियमित औषधि खुवाउनुपर्छ। कहिलेकाहीँ पैसा नहुँदा एकदुई हप्ता औषधि खुवाउन छुट्छ।’

स्वास्थ्य बिमा बनाउन आग्रह

लमही सामुदायिक डाइलासिस सेन्टरका डाक्टर अब्दुस सबुत खानका अनुसार विरामीलाई निःशुल्क डाइलासिस सेवा दिए पनि अन्य कुरामा पैसा लाग्ने भएकाले समस्या हुने गरेको छ।

पछिल्लो समय अस्पतालमा मिर्गौलाका विरामी बढिरहेको र छिमेकी जिल्लाबाट पनि सेवा लिन आउने र आउँदाजाँदा यातायात खर्च, खान बस्न, औषधि लगायत किन्नुपर्दा विपन्न परिवारका विरामीलाई समस्या हुने गरेको बताए।

उनले भने, ‘एउटा विरामीले अवस्था हेरेर दैनिक ५-१० वटासम्म औषधि खानुपर्छ। हप्ताको रगत बढाउने एउटा सुई वा आइरन खानुपर्ने हुन्छ। यसले औषधिमा खर्च हुन्छ। सरकारले डाइलासिस सेवा मात्र निःशुल्क गरेको हो।’

यस्तै उनले अहिले अस्पतालमा आएका विरामीलाई स्वास्थ्य बिमा बनाउन सुझाव दिने गरेको बताए। ३५ सयको स्वास्थ्य बिमा बनाउँदा एक वर्षसम्म एक लाखसम्मको औषधि पाइने भएकाले सेवा लिन आउने विरामीलाई स्वास्थ्य बिमा बनाउन आग्रह गर्ने गरेको उनको भनाइ छ।

राप्ती प्रादेशिकमा सेवा सहज

कुनै समय राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मिर्गौलाका विरामीले डाइलासिस गर्न पालो कुर्नुपर्ने बाध्यता थियो। अस्पतालमा अहिले १० वटा मेसिन गत साउनदेखि सञ्चालनमा आएपछि लामो समयदेखि पालोमा बसेका विरामीले सेवा पाएका छन्। अहिले ५१ जनाले नियमित सेवा पाइरहेका छन्। अस्पतालमा शुरुमा ५ वटा मेसिन थिए। एउटा बिग्रिएपछि ४ वटाले सेवा दिँदा विरामीले पालो कुरेर बस्नुपर्ने बाध्यता थियो।

तुलसीपुर–८ टिकरीका आशाराम विकले अस्पतालमा नाम टिपाउँदा पालो नआएपछि करिब डेढ वर्षसम्म लमहीमा नियमित डाइलासिस गराएका थिए। अहिले राप्ती प्रादेशिक अस्पतालमा थप मेसिन जडान भएपछि नियमित डाइलासिस गराउँदै आएको उनको भनाइ छ।

तुलसीपुरबाट डाइलासिस गर्न जाँदा एकपटकमा १५ सयसम्म खर्च हुने गरेको भन्दै उनले अहिले तुलसीपुरमा सेवा पाउँदा बचत भएको समेत बताए। यस्तै उनले शुरुमा डाइलासिस गर्दा धेरै खर्च हुने गरे पनि पछिल्लो समय बिमा बनाएपछि कम खर्च हुने गरेको बताए।

यस्तै उनले आफू जस्तै बिरामीलाई स्वास्थ्य बिमा बनाउन समेत आग्रह गरे। यस्तै अस्पतालमा हप्ताको एक पटकदेखि बिरामीको अवस्था हेरी ३ पटकसम्म डाइलासिस हुँदै आएको छ। अहिले २२ वर्षदेखि ८४ वर्षसम्मका व्यक्तिले डाइलासिस गरिरहेको अस्पतालकी नर्सिङ निरीक्षक डोनी महतले बताइन्।

अहिले ५ जनालाई हप्ताको तीनपटक र बाँकीलाई हप्ताको दुईपटक सेवा दिँदै आएको उनको भनाइ छ। उनका अनुसार तुलसीपुरमा पुरुषको तुलनामा डाइलासिस सेवा लिने महिला धेरै छन्। अस्पतालले बिहान र दिउँसो गरी दुई सिफ्टमा बिरामीलाई डाइलासिस सेवा दिँदै आएको छ।

अझै ४, ५ जना नयाँ विरामीलाई सेवा दिन सक्ने

अहिले विरामीले पालो कुर्नुपर्ने अवस्था नभएको र अझै ४, ५ जना नयाँ विरामीलाई सेवा दिने सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पदमराज अधिकारी बताए। उनका अनुसार नयाँ मेसिन थपिए पनि विरामीले सहज सेवा पाएको र दाङ लगायत छिमेकी जिल्लाका विरामीले सेवा लिँदै आएका छन्

यसैगरी उनले डाइलासिस गर्दा प्रयोग हुने केमिकल, सुई लगायतका बस्तु निःशुल्क हुने र विरामीले नियमित खानुपर्ने औषधि किन्नुपर्ने पनि बताए।

उनका अनुसार पछिल्लो समय खानपिन र व्यायामका कारणले गर्दा नसर्ने रोगका विरामी बढ्दा मिर्गौलाका विरामी बढेका हुन्। उनले भने, ‘सुगर, उच्चरक्तचाप लगायत नसर्ने रोगका कारण मिर्गौलामा असर हुन्छ। त्यसैले सबैभन्दा पहिले खानपिनमा ध्यान दिनुपर्छ भने व्यायाम पनि उत्तिकै आवश्यक हुन्छ।’

Previous Post

गाजा क्षेत्रका अस्पतालमा इजरायली सेनाको बर्बरता, तस्वीरहरू

Next Post

भूकम्प पीडितलाई एनएमबी बैंकले ५० लाख दिने

आशिष सम्बाददाता

आशिष सम्बाददाता

Next Post
भूकम्प पीडितलाई एनएमबी बैंकले ५० लाख दिने

भूकम्प पीडितलाई एनएमबी बैंकले ५० लाख दिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025
तालीम केन्द्र भवनको उद्घाटन

तालीम केन्द्र भवनको उद्घाटन

June 5, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In