नवलपरासीमा घाँटी रेटेर एक युवाको हत्या

0

काठमाडौं : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा घाँटी रेटेर एक युवाको हत्या भएको छ।

नवलपरासीको पाल्हिन्दन गाउँपालिका–५ हर्दीमा अज्ञात समूहले धारिलो हतियारले घाटी रेटी २० वर्षीय रोशनकुमार बढइको हत्या गरेको नवलपरासी प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए।

रातको समयमा उनको हत्या भएको र बिहान उठेर परिवारले हेर्दा मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए।

त्यसपछि प्रहरी घटनास्थलमा पुगेर आवश्यक मुचुल्का उठाइ शवलाई पृथ्वीचन्द्र अस्पताल पठाएको छ। थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here