इजरायलमाथि इरानको ड्रोन र मिसाइल हमला

0

काटमाडौं :  इरानले इजरायलमाथिमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेको छ।

इजरायली सेनाले शनिबार राति यस आक्रमणको जानकारी दिएको हो। अमेरिकी सेनाले केही इरानी ड्रोन खसालेको इजरायली सेनाले बताएको छ।

इजरायली च्यानलले इरानले ड्रोन आक्रमण गरेको जनाएको छ। इरानले प्रहार गरेका केही ड्रोनहरू सिरिया र जोर्डनमा खसालिएको बताइएको छ।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुट्रेसले इरानले इजरायलमाथि गरेको आक्रमणको कडा निन्दा गरेका छन्।

अमेरिकाले केही दिनअघि इरानले इजरायलमाथि आक्रमण गर्ने भन्दै आफ्ना नागरिकलाई इजरायल भ्रमण नगर्न र सुरक्षित रहन चेतावनी दिएको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here