जनतासँग विशेष रूपान्तरण अभियानले जनतामा आशाका झिल्का देखिए : माओवादी

0

काठमाडौँ : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले पार्टीको जनतासँग विशेष रुपान्तरण अभियानले जनतामा आशाका झिल्का देखिएको दाबी गरेको छ। 

मंगलवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टीका प्रवक्ता अग्नि सापकोटाले यस्तो दावी गरेका हुन्। उनले जनतासँग विशेष रुपान्तरण अभियान निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको दावी गरे।  उनले अभियानले टोल कमिटीदेखि समिति गठन र पुनर्गठन गरेको बताए।

उनले कार्यकर्तामा जागृति ल्याएको, जनतामा आशा पलाएको र अभियानले चुनावका वेला मात्रै नभई माओवादी अरू वेला पनि आउँदा रहेछन् भन्ने आशा पलाएको जिकिर गरे। उनले अभियानले पुराना नेताहरू पार्टीमा फर्किएको र पार्टीमा प्रवेश गर्नेहरूको संख्या बढ्न उल्लेख्य भूमिका खेलेको बताए। उनले पार्टीमा नयाँ आशा र उत्साह पैदा भएको बताए।

उनले भने, ‘अभियान सफल भएको छ। त्यो टोल कमिटीदेखि समिति गठन र पुनर्गठन भएको छ। कार्यकर्तामा जागृति आएको छ। जनतामा आशा पलाएको छ। यो अभियानले चुनावका वेला मात्रै होइन, माओवादी अरू वेला पनि आउँदा रहेछन् भन्ने जनतामा आशाका झिल्का पैदा भएको छ।’

प्रवक्ता सापकोटाले अभियानले सदस्यता नवीकरण तीव्रताका साथ अघि बढाउन भूमिका खेलेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here