जापानमा भूकम्पबाट मर्नेको सङ्ख्या ३० पुग्यो

0

टोकियो : मध्य जापान र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या ३० पुगेको राष्ट्रिय समाचार एजेन्सी क्योदोले उल्लेख गरेको छ।

भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तमा भवन भत्किँदा र आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको बताइएको छ। क्षतिको थप विवरण र फसेका व्यक्तिहरूको बारेमा अन्यत्रबाट जानकारी आउने क्रम जारी रहेको बताइएको छ।

जापानी प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई दुःखविरुद्धको लडाइँ भन्दै सरकारले प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताएका छन्। सोमबार इशिकावा प्रान्तको नोतो प्रायद्वीपमा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो।

जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई सन् २०२४ मा नोतो प्रायद्वीप भूकम्पको नाम दिएको छ। सोमबारदेखि जापानमा कम्तिमा १५५ पटक भूकम्प गएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here