एनएसएल फुटबल : आज काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेड भिड्ने

0

काठमाडौं : नेपाल सुपर लिग एनएसएल फुटबलमा बिहीबार काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेड भिड्ने छन्। ​त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५ बजे शुरु हुने खेलमा यी दुई टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो। 

६ खेलबाट ९ अंक जोडेर तालिकाको पाँचौ स्थानमा रहेको काठमाडौं प्लेअफको सम्भावना कायम राख्न यो खेलमा जित्नुपर्ने दबाबमा छ। अंक तालिकाको अन्तिम स्थानमा रहेको वीरगञ्ज सान्त्वना जितको खोजीमा छ। 

जारी प्रतियोगितामा सात खेलबाट १४ अंक जोड्दै शीर्ष स्थानमा रहेको पोखरा थण्डर्सले प्लेअफमा स्थान बनाइसकेको छ।

यसअघि बुधबारको खेलमा धनगढीलाई २–० गोलले पराजित गर्दै झापा एफसीले पनि प्लेअफको सम्भावना जीवित राखेको छ।  झापा ७ खेलबाट १० अंकसहित चौथो स्थानमा उक्लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here