मन्त्री किरातीको स्पष्टोक्ति : सबै अस्तित्वको सम्मान गर्छु र सबैले गरौँ

0

काठमाडौं : संस्कृति तथा पर्यटन मन्त्री सुदन किरातीको अभिव्यक्ति अहिले चौतर्फी विरोध भइरहेको छ। 

‘क्रिस्चियन नमान्ने संविधानविरोधी हुन्, उनीहरूलाई जेल हाल्नुपर्छ’ भन्ने मन्त्री किरातीको अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको हो।

यसैबीच उनले बहसको लागि सबैलाई धन्यवाद भन्दै स्पष्टीकरण दिएका छन्। सामाजिक सञ्जालमा उनले  संविधानलाई पालना गर्दै भ्रातृत्व र सहिष्‍णुता कायम गर्न र अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने आफ्नो जोड रहेको बताएका छन्।

 ‘भन्‍नलाई त मलाई, पशुपतिनाथ सफा गर्दा हिन्दु भने,बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्‍ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिष्‍टियनको कार्यक्रममा जाँदा क्रिष्‍टियन भने’, उनले लेखेका छन्, ‘ फेरि पनि भन्छु अहिले म सबैको अभिभावक हुँ।  त्यसैले सबै अस्तित्वको सम्मान गर्छु र सबैले गरौँ। अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो।‘

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here