कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा, २२ ढोका खोलियो

0

काठमाडौं, ८ असोज । लगातारको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेको छ।

बिहीबार अपराह्न ४ः२० बजेसम्म नदीमा पानीको बहाव १ लाख ७३ हजार ५ सय ९० क्युसेक पुगेपछि कोशी ब्यारेजका २२ वटा ढोका खोलिएको छ।

ब्यारेजका प्राविधिकका अनुसार वर्षा अझै भइरहेको र नदीको जलसतह बढ्दो क्रममा रहेको छ।

नदीमा पानीको बहाव बढेर जोखिमको अवस्था सिर्जना भएपछि सुरक्षा निकायले कोशी ब्यारेज हुँदै आवतजावत गर्ने सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ।

प्रशासनले नदी आसपासका क्षेत्रमा समेत सतर्क रहन र आवश्यक सुरक्षा उपाय अपनाउन आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here