Thursday, September 11, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home प्रभाव

राजनीतिक दल र सरोकारवालाको खोजीसँगै राष्ट्रपतिको विज्ञप्ति

आशिष सम्बाददाता by आशिष सम्बाददाता
September 11, 2025
in प्रभाव, समाचार, समाचार, सरकार
राजनीतिक दल र सरोकारवालाको खोजीसँगै राष्ट्रपतिको विज्ञप्ति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । मुख्य राजनीतिक दल र सरोकारवाला पक्षहरूले खोजी गरिरहँदा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार एक विज्ञप्ति सार्वजनिक गरेका छन् । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते राष्ट्रपति कार्यालय शीतलनिवास जल्ने समयमा कार्यालयबाट बाहिरिएपछि पौडेल सार्वजनिक रुपमा देखिएका छैनन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेपछि धेरैले राष्ट्रपति पौडेलबाट राष्ट्रको नाममा सम्बोधन आउने अपेक्षा गरेका थिए । तर, बिहीबार मात्र राष्ट्रपति पौडेलले एक विज्ञप्ति जारी गरेका छन् ।

विज्ञप्ति जारी गर्दै पौडेलले मुलुकको वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै शान्ति र सुव्यवस्था कायम गर्न सहयोगको लागि अपिल गरेका छन्। उनले देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको जानकारी दिएका छन्। 

राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण गर्न र शान्ति कायम राख्नका लागि आफूले निरन्तर विचार विमर्श र हरसम्भव पहल गरिरहेको बताएका छन्। उनले आन्दोलनरत नागरिकहरूको मागलाई सम्बोधन गर्नका लागि छिटोभन्दा छिटो समस्याको समाधान खोजिने कुरामा विश्वस्त रहन पनि सबैलाई आग्रह गरेका छन्।

यो पनि

देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको छ : राष्ट्रपति

यता, नेपाली कांग्रेसले विषम परिस्थितिमा वार्ता र संवादमार्फत निकास दिन राष्ट्रपतिले दिएको पहलकदमीको स्वागत गरेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्तरूपमा बुधबार विज्ञप्ति जारी गर्दै लेखेका छन्, ‘यो विषम परिस्थितिमा वार्ता र संवादमार्फत निकास दिनका लागि सम्माननीय राष्ट्रपतिज्यूले लिनुभएको पहलकदमीको स्वागत गर्दछौँ । सबै पक्षसँग आवश्यक परामर्श गरी संवादबाट नै समाधान खोज्न हामी आग्रह गर्दछौँ ।’

महामन्त्रीद्वयले विज्ञप्तिमा हरसम्भव वैधानिक उपाय अपनाउन माग गरेका छन् । उनीहरूले लेखेका छन्, ‘विधि विहीनताले थप अराजकता निम्त्याउँछ त्यसैले वार्ताका क्रममा राष्ट्रपतिज्यू र जेनजी पक्षलाई हामी आग्रह गर्छौँ– अब देश चलाउन र निर्वाचन गर्न नयाँ राजनीतिक संरचना बनाउँदा देशमा लामो संवैधानिक रिक्तता र शून्यता आउन नदिन हरसम्भव वैधानिक उपाय अपनाइयोस्, संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै यो बेथितिको अन्त्यको मार्गचित्र तय गरियोस् । त्यसमा हाम्रो समर्थन रहनेछ ।’

नेकपा एमालेले संविधानका मर्म अनुरूप सार्थक संवाद सुरु गर्न र नेतृत्वदायी पहलकदमी लिन राष्ट्रपतिलाई आग्रह गरेको छ । महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै लेखेका छन्, ‘प्रधानमन्त्रीको राजीनामापछि अबको राजनीतिक निकास संविधानसम्मत रूपमा र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ भन्नेमा पार्टी स्पष्ट छ । सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जना जस्ता युवा पुस्ताका सरोकारहरूलाई सम्बोधन गरिनुपर्छ । यसका लागि संविधानका मर्म अनुरूप सार्थक संवाद सुरु गर्न र नेतृत्वदायी पहलकदमी लिन सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौँ ।’

नेकपा एकीकृत समाजवादीले पनि राष्ट्रपतिले राष्ट्रको नाममा सम्बोधन गर्नुपर्ने बताएको छ । पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले विज्ञप्ति जारी गर्दै लेखेका छन्, ‘सम्माननीय राष्ट्रपतिज्यूले तत्काल राष्ट्रका नाममा सम्बोधन गरेर सबैलाई धैर्य रहन, जनताको जिउ धनको रक्षा गर्न र एकताबद्ध भएर संविधानभित्रबाट समस्याको निकास निकाल्न अपिल गर्नु पर्दछ ।’

त्यस्तै नेपाल पत्रकार महासंघले नयाँ सरकार गठनको पहल राष्ट्रपतिबाट पहल हुनुपर्ने बताएको छ । ‘यसका लागि राष्ट्रपतिले वार्ताका लागि बोलाइसकेको अवस्थामा जतिसक्दो छिटो सहजीकरण सुरक्षाको हिसाबले मात्र सुरक्षा निकायले गर्ने हो अन्य सरकार बनाउने लगायतको पहल राष्ट्रपतिबाटै हुनुपर्छ,’ महासंघ अध्यक्ष निर्मला शर्माले विज्ञप्ति जारी गर्दै लेखेकी छन् । 

संविधानविद् डा. भीमार्जुन आचार्यले राष्ट्रपति पौडेलले विषम परिस्थितिलाई सम्बोधन गरेर घोषणापत्र जारी गर्नुपर्ने बताए । ‘राष्ट्रपतिले अहिलेको विषम परिस्थितिलाई सम्बोधन गरेर घोषणापत्र जारी गर्न सक्छ । राष्ट्रपतिसँग त्यो विशेष अधिकार छ । राष्ट्रपतिका थुप्रै अधिकार हुन्छन्,’ संविधानविद् डा. आचार्यले भने, ‘केही लिखित हुन्छन् । केही अलिखित हुन्छन् । उहाँले त्यो घोषणापत्र जारी गरेर अहिलेको आन्दोलनको म्याण्डेट अनुसार अन्तरिम सरकार बनाउन सक्नुहुन्छ । त्यो गर्दा संविधान पनि जीवित हुन्छ र जेनजीको माग पनि सम्बोधन हुन्छ ।’

बृहत् नागरिक आन्दोलनले जेनजी क्रान्तिको सफलताको बाटो पहिल्याउन राष्ट्रपति पौडेलको अभिभावकत्व जरुरी भएको बताएको छ । अभियानले बिहीबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘राष्ट्रपतिको अभिभावकत्वमा जेनजी क्रान्तिको सफलताको बाटो पहिल्याउनु आजको आवश्यकता हो । अब बन्ने नागरिक सरकारलाई यही संविधानको आडमा उभ्याएर र संवैधानिक मार्गबाट विमुख नभई भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर सतर्कतासाथ अघि बढ्नुको विकल्प छैन । यस संविधानले आफूलाई दिएको गम्भीर उत्तरदायित्व र जेनजी क्रान्तिले दिएको ऐतिहासिक भूमिकालाई मनन गर्दै नेपाली सेनाको नेतृत्वले आफ्नो भूमिका पूरा गरोस्, तुरुन्त प्रतिक्रान्तिकारीहरूसँगको सबै किसिमको अन्तरक्रिया बन्द गरोस् र राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्र आगामी छलफल र कार्यक्रमहरू होउन् ।’

नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघले संविधानको रक्षा गर्न र राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गर्दै बिहीबार मीन भवनमा आन्दोलन नै गरेको छ । संघका पूर्वकोषाध्यक्ष शिव रिमालले ‘राष्ट्रपतिलाई यथाशक्य सार्वजनिक गरिनुपर्ने र संविधानको रक्षा गरिनुपर्ने’ माग राखेर आन्दोलन गरिएको बताए । 

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पनि राष्ट्रपतिको खोजी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सम्माननीय राष्ट्रपतिज्यू, जेनजीहरूले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसद्को विघटन अविलम्ब गर्नु होला ।’

त्यति मात्रै होइन सामाजिक सञ्जालहरूमा पनि राष्ट्रपतिलाई सार्वजनिक गर्नुपर्ने धारणा आइरहेका छन् । अब सरकार निर्माणको वार्ताको नेतृत्व सेनाले नभई राष्ट्रपतिले गर्नुपर्ने तक सामाजिक सञ्जाल फेसबुक, एक्सलगायतमा आइरहेका छन् ।  

Previous Post

जेनजीकै प्रस्तावमा संविधानभित्रैबाट अन्तरिम सरकार गठन गरौँ : नेता श्रेष्ठ

Next Post

जेनजी आन्दोलनलाई समर्थन गर्न लोसपा महासचिवको आग्रह

आशिष सम्बाददाता

आशिष सम्बाददाता

Next Post
जेनजी आन्दोलनलाई समर्थन गर्न लोसपा महासचिवको आग्रह

जेनजी आन्दोलनलाई समर्थन गर्न लोसपा महासचिवको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
जेनजी आन्दोलनलाई समर्थन गर्न लोसपा महासचिवको आग्रह

जेनजी आन्दोलनलाई समर्थन गर्न लोसपा महासचिवको आग्रह

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
जेनजी आन्दोलनलाई समर्थन गर्न लोसपा महासचिवको आग्रह

जेनजी आन्दोलनलाई समर्थन गर्न लोसपा महासचिवको आग्रह

September 11, 2025
राजनीतिक दल र सरोकारवालाको खोजीसँगै राष्ट्रपतिको विज्ञप्ति

राजनीतिक दल र सरोकारवालाको खोजीसँगै राष्ट्रपतिको विज्ञप्ति

September 11, 2025

जेनजीकै प्रस्तावमा संविधानभित्रैबाट अन्तरिम सरकार गठन गरौँ : नेता श्रेष्ठ

September 11, 2025
सुशीला कार्कीकाे नाममा बालेनकाे समर्थन

सुशीला कार्कीकाे नाममा बालेनकाे समर्थन

September 11, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

जेनजी आन्दोलनलाई समर्थन गर्न लोसपा महासचिवको आग्रह

जेनजी आन्दोलनलाई समर्थन गर्न लोसपा महासचिवको आग्रह

September 11, 2025
राजनीतिक दल र सरोकारवालाको खोजीसँगै राष्ट्रपतिको विज्ञप्ति

राजनीतिक दल र सरोकारवालाको खोजीसँगै राष्ट्रपतिको विज्ञप्ति

September 11, 2025

जेनजीकै प्रस्तावमा संविधानभित्रैबाट अन्तरिम सरकार गठन गरौँ : नेता श्रेष्ठ

September 11, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In