गत सुक्रवार गएको भुकम्पले प्रभवाति व्यक्तीहरुलाई हिमालयन युथ ट्रान्सफर मिसनको टिमले सहयोग गरेको छ । उक्त टिमले त्रिपाल, ओड्ने बिछ्याउने सामाग्री, औषधिहरु, महिलाहरुका लागी सेनिटरी प्याड जस्ता सामाग्रीहरु दुईसय परीवारलाई वितरण गरेको छ । साथै पिडीतहरुलाई पाल टाग्न देखी लिएर अन्य थुप्रै कामहरुमा त्यही स्थानमा रही जुनसुकै समयमा पनी सहयोग गर्न आफुहरु तत्पर रहेको स्रोतले जनाएको छ । अझै दुईसय परीवारहरुलाई सहयोग गर्न लागी परेको उक्त टिमले जानकारी दीए ।