हालसम्म इजरायलको आक्रमणमा गाजा क्षेत्रमा १० हजार बढीको मृत्यु भइसकेको छ। जसमा चार हजारभन्दा बढी बालबालिका रहेका छन्। यता अक्टोबर ७ मा हमासले गरेको आक्रमणका कारण दक्षिणी इजरायलमा एक हजार ४०० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
इजरायलले हमासलाई समाप्त नपारेसम्म युद्धविराम नगर्ने यसअघि बताउँदै आएको छ।
यसैबीच गाजा क्षेत्रबाट नागरिकहरू पलायन हुने क्रम बढिरहेको छ। मंगलबार मात्र १५ हजारले गाजा छोडेको बताइएको छ। संयुक्त राष्ट्र संघको मानवीय मामिला समन्वय कार्यालयले मंगलबार करिब १५,००० मानिस भागेको बताएको छ भने सोमबार ५,००० र आइतबार २,००० मानिसहरु भागेका थिए।
यसैबीच अमेरिकी विदेश मन्त्रालयले ४ भन्दा बढी आफ्ना नागरिक गाजा छोडेर रफाह क्रसिङ हुँदै इजिप्ट पुगेको बताएको छ।