काठमाडौं : अछाममा भएको युवक हत्याको घटनामा काठमाडौंबाट एक महिला पक्राउ परेकी छिन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको माछापोखरीबाट ३० वर्षीय लक्ष्मी सुनारलाई पक्राउ जनाएको छ।
अछामको पन्चदेवल विनायक नगरपालिका-८ मा कात्तिक १७ गते १८ वर्षीय दिपेन्द्र बहादुर शाहीको हत्या भएको हो
पक्राउ परेकी लक्ष्मी मृतक दीपेन्द्रकी छिमेकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।