२ महिनामा ९१ करोडभन्दा बढीको भाइमसला आयात

0

काठमाडौं : हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार कात्तिक २५ गते सुरू हुँदैछ। २५ गते काग तिहार, २६ गते लक्ष्मी पूजा, २७ गते गाई तिहार, २८ गते गोवर्द्धन पूजा र २९ गते भाइटीका परेको छ। तिहारमा भाइटीकाको विशेष महत्व रहन्छ।

तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर सगुनका रूपमा भाइमसला दिने प्रचलन छ। दाजुभाइलाई सप्तरंगी टीका र माला लगाइदिइसकेपछि चेलीबेटीले भाइमसलामा (नरिवल, काजु, किसमिस, हाडे बदाम, ओखर) लगायत दिने प्रचलन कायमै छ।

त्यसैले पनि बजारमा यसको धेरै खपत हुने गर्छ। यिनै भाइमसला यस वर्षको २ महिनामै ९१ करोड रुपैयाँभन्दा बढीको आयात भएको छ। भन्सार विभागका अनुसार गत साउनदेखि असोजसम्म ९१ करोड ९१ लाख रुपैयाँको भाइमसला विदेशबाट आयात भएको छ।

स्थानीय उत्पादनले बजार माग धान्न नसक्ने र तिहारको बेला खपत धेरै हुने हुँदा भारत, चीन,अमेरिका, भियतनाम, मलेसियालगायत मुलुकबाट तिहारलाई आवश्यक पर्ने सामान आयात हुने गर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here