विराटनगर : कोशी प्रदेशमा राष्ट्रियसभा सदस्य पदका लागि निर्वाचन जारी छ। आज बिहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो तीन बजेसम्म रहने निर्वाचन आयोगले जनाएको छ।
सत्ता गठबन्धनबाट कोशी प्रदेशको अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पा कार्की उम्मेदवार छन्।
यता, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीभित्र चुनावी तालमेल भएको छ। राप्रपाका उद्धव पौडेल र महिलातर्फ एमालेकी रुक्मिणी कोइराला चुनावी मैदानमा छन्।
यस्तो छ मतभार
कोशी प्रदेशमा प्रदेश र स्थानीय तहमा गरी एमालेको मतभार ४२४८, कांग्रेसको ३६८४, माओवादी केन्द्रको १२७८, राप्रपाको ३९४, नेकपा एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ। सत्ता गठबन्धनसँग ५४३६ मतभार छ। एमाले र राप्रपाको मतभार ४६४२ छ।