अक्टोबर ७, २०२३, काठमाडौं । युथ विथ अ मिशन (YWAM)का संस्थापक लोरेन कनिङ्हाम ८८ वर्षको उमेरमा अक्टोबर ६ तारिखका दिन स्वर्ग वास हुनु भएको छ।
लोरेन नै इतिहासमा पहिलो व्यक्ति हुन् जसले ख्रीष्ट र उहाँको महान् आज्ञाको खातिर पृथ्वीमा सबै सार्वभौम राष्ट्रहरू, सबै आश्रित देशहरू, र १०० भन्दा बढी क्षेत्रहरू र टापुहरूमा यात्रा गर्नु भएको थियो। अब उहाँको आफ्नो राम्रोसँग पहिरिएको राहदानीमा अर्को “स्ट्याम्प” थपेको छ: त्यो हो स्वर्ग!
लोरेनलाई प्रायः “मिशनहरूको नियामक” भनेर पनि चिनिने गर्दछन्, किनभने उहाँले युवाहरूलाई अल्पकालीन, विश्वव्यापी र वेतलवी सेवा गर्ने अवसरहरू सिर्जना गरेर सन् १९६० को मिसनरी प्रतिमान समेत तोडेका थिए। यस दूरदर्शिताले अभुतपुर्व ढोका खोल्यो ताकि लाखौं मानिसहरू सबै ठाउँबाट आउन सके र परमेश्वरको सत्यताको घोषणा गर्न र उहाँको प्रेम प्रदर्शन गर्न संसारभरका मिसनरीहरूको रूपमा सबै ठाउँमा जान सके ।
उहाँले स्थापना गरेको सेवकाई, युथ विथ अ मिशन, सन् १९६० मा जन्मिएको एक विश्वव्यापी निरन्तर विस्तार हुँदै गइरहेको छ । विश्वव्यापी मिसन आन्दोलन, सुसमाचार, प्रशिक्षण र दया मुलक सेवकाई मार्फत विश्वको हरेक राष्ट्रमा पुगेको छ। अहिले सम्म लगभग दुई सय भन्दा बढी राष्ट्रहरूमा दुई हजार YWAM स्थानहरूमा सेवा गर्दै विभिन्न सम्प्रदायहरूबाट दशौं हजार पूर्ण कालिन कर्मचारीहरू सहभागी छन्। लाखौंले YWAM कार्यक्रमहरूमा विद्यार्थी, अल्पकालीन स्वयंसेवक र पूर्ण-कालिन कर्मचारीको रूपमा सेवारत छन्।