१७ माघ २०७६ मोरङ l एक अधिवेसन साथ मोरङ इसाई समाजको कमिटि पुनर्ठगन भएको छ l पास्टर नविन कुमार राईको संयोजकत्वमा भएको तेस्रो अधिवेसन बाट समाजको पुनर्ठगन भएको हो l
इसाई समाजको कमिटि पुनर्ठगन निर्बाचनको संयोजकको भूमिका पास्टर दानिएल सुब्बाले निर्वाह गर्नु भएको थियो l पास्टर सुब्बा नेपाल ख्रीष्टियन समाजको केन्द्रीय सह-अध्यक्ष समेत हुनुहुन्छ l अधिवेसनमा चर्चका पास्टर तथा अगुवाहरुको सहभागिता रहेको थियो l
कमिटि पुनर्ठगनको क्रममा मन्तव्य राख्दै नेपाल इसाई समाजका केन्द्रीय महासचिव पा. डिल्लीराम पौडेलले ख्रीष्टियनहरुको हक हित र अधिकारको सुनिस्चित्ताको लागी वकालत गर्नु पर्ने र अब ख्रीष्टियन समुदायमा आशिष ल्याउने हो भने मर्दाकैको जस्तो प्रार्थना हुनुपर्ने बताउनुभयो l साथै अब ख्रीष्टियनहरु खुम्चिएर होइन इकाई देखि जिल्ला , जिल्ला देखि प्रदेश, प्रदेश देखि केन्द्र र केन्द्र देखि बिस्व भरि रहेका सबै एकतामा भइ नेपाल देशलाई आशिषित बनाउनु पर्ने उत्साह समेत महासचिव पौडेलले दिनु भएको थियो l
त्यस्तै मोरङ इसाई समाज को अधिवेसनको क्रममा डाक्टर वि.पी खनालले सु-समाचार र पैरवीको आवस्यकता चर्च मा किन छ ? भन्ने विषयमा प्रवचन दिनु भएको थियो l अहिले को समयमा चर्च तथा ख्रीष्टियन समुदायमा भई रहेको र भइपरि आउने समस्याको समाधानको लागी पैरवीको आबस्यकता रहेको समेत डा. खनालको भनाई थियो l कार्यक्रममा मन्तव्य राख्ने क्रममा एन. सी. एफ. नेपालका केन्द्रीय सचिव पा. बीरबहादुर तामाङले एन. सी. एस. र एन. सी.एफ. नेपालको कार्य एकताको विषयलाई स्पस्ट पार्नु भएको थियो l अहिले कार्य एकता भएकै कारण हामी संगै संगै मिलेर अगाडी बढ्दै छौ हाम्रो एकताले ख्रीष्टियन समुदायले फड्को मार्नेमा आफुहरु विस्वस्ताता रहेको समेत एन. सी.एफ का केन्द्रीय सचिव पा. तामाङको भनाई थियो l