२६२२ कोरोना संक्रमित थपिए, २२११ जना डिस्चार्ज

0

नेपालमा आज कोरोनाका २६२२ जना संक्रमित थपिएका छन् । ११ हजार ५ सय २७ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार मुलुकभरमा ७४९९ जनाको पिसिआर परीक्षणबाट १७४५ जनामा संक्रमण पुष्टि भएको छ भने ४०२८ जनाको एन्टिजेन परीक्षणबाट ८७७ जनामा पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २२११ जना संक्रमणमुक्त भएका छन्। यस्तै २३ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म ९२४८ जनाको मृत्यु भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here