अस्मिता विश्वकर्मा, भाद्र २३, सिलगढी डोटी। डोटी जिल्लाको सायल गाउपालिकामा एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरिएको छ।
जिल्लाको सायल गाउपालिका पालिका वडा नम्बर ६ बस्ने गोबिन्द साउँदकी श्रीमती धौली साउँदको सुत्केरीपछि अत्याधिक मात्रामा रक्तश्रापका कारण अचेत अवस्थामा सेनाको हेलिकप्टर मार्फत थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ।
आज बिहान रक्त श्राव भएर जिल्ला अस्पताल डोटीमा उपचारका लागी भर्ना भएकी साउदको भिडियो एक्सरे गर्दा शिशुको पेटमै मृत्यु भएपछी अप्रेसन गरि शिशुलाई निकालिएको र अत्याधिक रक्तस्राव हुनथाले पछि थप उपचारका लागि रेफर गरिएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट निराजन श्रेष्ठले बताए ।
आर्थिक अवस्था कमजोर भएका कारण उनलाई नेपाली सेनाका गणपति प्रमुख सेनानि श्री जन्मत बहादुर कार्की, जिल्ला अस्पताल डोटीका मेसु, नगर प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी र स्वास्थ्य मन्त्रालय डोटीको पहलमा नेपाली सेनाको हेलिकप्टरद्वारा उद्गार गरिएको नेपाली सेनाका गणपति प्रमुख सेनानी जन्मत कार्कीले बताए ।