जीबी राईको राहदानी रद्द गर्न प्रहरीले पत्र पठायो 

0

काठमाडौँ । सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईको राहदानी रद्द गर्न प्रहरीले पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्राचार गरेको हो ।

जीबी राईको नाममा जारी राहदानी रद्द गर्न पत्राचार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एकजना अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘यहाँबाट राहदानी विभागमा लेखेर पठाइएको छ ।’ उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’बाट डिफ्युजन र रेड नोटिश जारी भएको छ । १३ माघमा उनीविरुद्ध डिफ्युजन नोटिश जारी भएको थियो ।

डिफ्युजन नोटिसको आधारमा उनी मलेसियामा लोकेट भएका हुन् । सरकारले उनलाई पक्राउ गरेर पठाइदिन मलेसियन सरकारलाई कूटनीतिक नोट पनि पठाएको थियो ।

यो पनि

जीबी राईविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी

जीबी राई मलेसियामा लुकेको आशंका

जीबी राईसहित ४ जनाविरुद्ध डिफ्युजन नोटिश जारी गर्न पत्राचार

सुर्यदर्शन सहकारीको संचालक समिति सदस्य प्रमोद भट्टराई पक्राउ

जीबी राईविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी गर्ने तयारी*

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here