काठमाडौँमा एलपी ग्यासको माग बढेपछि उद्योगले उत्पादन बढाए

0

चितवन । काठमाडौँमा एलपी ग्यासको माग बढेपछि चितवनसहित विभिन्न जिल्लाका उद्योगले दैनिक १४ घण्टासम्म बोटलिङ गरी सिलिन्डर उपत्यका पठाइरहेका छन्।

चितवन, नवलपरासी, मकवानपुर, बारा, पर्सा र धनुषाका उद्योगले दैनिक ठूलो सङ्ख्यामा सिलिन्डर भरेर बजार पठाइरहेका छन्। अहिले उपत्यकामा दैनिक करिब १ लाख सिलिन्डरको माग रहेको व्यवसायीले बताएका छन्, जबकि सामान्य अवस्थामा करिब ४० हजार सिलिन्डर आवश्यक पर्छ।

बुधबार मात्रै ५३ हजार ४६९ सिलिन्डर काठमाडौँ पठाइएको थियो। चितवनबाट हेटौँडा हुँदै काठमाडौँ ग्यास ढुवानी भइरहेको छ। साँघुरो सडक, सवारी चाप र पहिरोका कारण ढुवानीमा भने समस्या भइरहेको व्यवसायीले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here