काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारका गतिविधिबाट जनता निराश बनेको दाबी गरेका छन्।
शुक्रबार निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकपछि उनले जनता आफ्नो निर्णयप्रति पछुताउँदै जनादेश फिर्ता गर्ने मनस्थितिमा पुगेको बताए।
बस्नेतले प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको निर्णयपछि संसद् पुनःस्थापनाको वातावरण बन्न सक्ने दाबी गरे। आगामी केन्द्रीय कमिटी बैठकमा यस विषयलाई छलफलको एजेन्डा बनाउने उनले बताए।
उनले पार्टीभित्रका कमजोरी सुधार गर्दै जनतासँगको सम्बन्ध बलियो बनाउने र सामाजिक न्याय तथा समाजसेवाका काममा एमाले केन्द्रित हुने बताए।
















