गृहमन्त्रीज्यू टनेल खोस्रेर बस्ने होइन्, समन्वयमा लाग्नुहोस् : सांसद सुवेदी

0

१६ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद झक्कुप्रसाद सुवेदीले विपद्को समयमा गृहमन्त्री सुधान गुरुङको दायित्व र जिम्मेवार महत्वपूर्ण रहेको बताएका छन् । तर, गृहमन्त्री गुरुङ जिम्मेवारी पूरा गर्न जे गर्नुपर्ने हो त्यसतर्फ कम ध्यान दिएको उनको टिप्पणी छ ।

राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘यतिबेला सशस्त्र प्रहरी जनपथ प्रहरीहरू स्रोतसाधनविहीन भएका छन्, भन्ने जानकारी हामीलाई छ’, सांसद सुवेदीले भने, ‘गृहमन्त्रीज्यू टनेल खोस्रेर बस्ने होइन् । सुरक्षा निकायसँग समन्वय गर्ने, विदेशी संघसंस्थासँग सहकार्य गर्ने  राहत सामग्री वितरणलाई प्रभावकारी बनाउने हो सरकारको काम हो । यसमा पनि मुख्यत: गृहमन्त्रीको काम हो ।’

सांसद सुवेदीले घाइतेको उपचारलाई उच्च प्राथमिकता दिन र घरवारविहीनहरूको राम्रो व्यवस्थापन गर्न सरकारसँग आग्रह गरे ।

‘सरकार सोसल मिडिया र समाचारमा जति चर्चामा छ । तर, फिल्डमा सरकारको उपस्थिति कमजोर देखिन्छ’, उनले भने ।

स्थानीय तह र प्रदेशलाई विपक्षीको व्यवहार

सांसद सुवेदीले विपद्को समयमा तीन तहको सरकारले मिलेर समन्वयमा काम गर्नुपर्ने आग्रह गरे ।

‘देशमा तीन प्रकारका सरकार छन् । तर संघ सरकारले प्रदेश सरकार र स्थानीय सरकारलाई विपक्षी दलको जस्तै व्यवहार गरेको हामीमाझ जानकारी आएको छ । संघ सरकारले त्यस्तो नगरोस्’, सुवेदीले भने ।

२०७२ सालको विनाशकारी भूकम्प, कोरोना भाइरस कोभिड १९ को महामारी र मधेशलगायत विगतमा गएका ठूला बाढी र पहिरोको समयमा राजनीतिक दलहरू र सबै नागरिक संघसंस्थले मिलेर काम गरेको उनले स्मरण गरे । अहिले पनि त्यस्तै सहकार्य आवश्यक रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here