श्रीमतीको हत्या गरी श्रीमान फरार

0

रुकुम पूर्व : रुकुम पूर्वमा श्रीमानले आफ्नै श्रीमतीको घाटी रेटेर हत्या गरेका छन्। 

भूमे गाउँपालिका वडा नम्बर ६ तमारीका २७ वर्षका दामे भनिने जीवन ओलीले आफ्नै श्रीमती २५ वर्षकी अप्सरा ओलीलाई खुकुरीले घाटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए। 

ओलीले शुक्रबार राति श्रीमतीको घाटी रेटेर हत्या गरी घरदेखि सय मिटरको दुरीमा रहेको खोल्सामा फालिएको अवस्थामा सव फेला परेको प्रहरी निरीक्षक भट्टराईले बताए। हत्यामा संलग्न भनिएका मृतकका श्रीमान् जीवन ओली ५ वर्षका छोरा आयुस ओलीलाई साथमा लिएर फरार रहेका छन्।

उनको खोजी कार्य चलिरहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here