म पार्टी फुटाउने अभियानमा छैन : झलनाथ खनाल

0

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूले संसदीय दल फुटाउँदै छ भन्ने हल्ला बडो तीव्र रूपले फैलाइएको प्रति आपत्ति जनाएका छन्। उनले केही अवाञ्छित स्वार्थी र कम्युनिष्टविरोधी तत्वहरूले सुनियोजित रूपले यस्तो प्रचार गरेको पनि बताएका छन्।

एक विज्ञप्ति जारी गर्दै उनले पार्टीभित्र र बाहिरका दक्षिणपन्थी र षड्यन्त्रकारी तत्वहरू आतंकित भएको बताए। उनले प्रतिक्रियावादीहरूका मक्किसकेका र थोत्रिसकेका झुटा प्रचारका हतियारहरू लिएर हाम्रो पार्टीका विरुद्ध आइलाग्न कोशिस गरेको उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘‘केही दिनअघि मात्र तत्कालीन जनता समाजवादी पार्टी नेपालसमेत विभाजित भएको छ। यही सिलसिलामा केही दिनदेखि हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पनि विभाजित हुँदैछ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला बडो तीव्र रूपले फैलाइएको छ’, विज्ञप्तिमा उनले भनेका छन्, ‘केही अवाञ्छित, स्वार्थी र कम्युनिष्ट विरोधी तत्त्वहरूले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन् । त्यसले पार्टी व्यापी रूपमा एउटा भ्रमको कुहिरो फैलाइदियो।‘

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here