काठमाडौँ । ललितपुरको गोदावरी स्थित लेले जङ्गलमा ३–४ दिनदेखि लागेको डढेलो आनन्द वनमा फैलिएको छ । आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ सञ्चालित कुष्ठरोग अस्पताल जोखिममा परेको छ ।
गोदावरी नगरपालिका–६ स्थित लेप्रेसी मिसन अस्पताल नजिक डढेलो पुगेपछि प्रहरीले सेनाको सहयोग मागेको छ । आगो नियन्त्रणका लागी दमकल तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले रातोपाटीलाई बताए । कुष्ठरोग अस्पतालमा अहिले ९३ जना कुष्ठरोगका बिरामी उपचाररत छन् ।