आशिष् सम्वाददाता, चैत्र २१, काठमाडौं । धर्म प्रचार गरेको अभियोगमा बारा जिल्ला अदालतले चार जना ख्रीष्टियनहरूलाई जनही १ लाख ५० हजारको दरले धरौटी माग गर्ने आदेश दिएका छन्। आज बारा जिल्ला अदालतले गरेको आदेश अनुसार लमजुङका आदेश गुरुङ, बारा जिल्लाका विजेन्द्र मुखिया, काभ्रेका फुर्वा लामा र संखुवासभाका सिवन राई रहेका छन् ।
बारा जिल्लाका जिल्ला न्यायाधीश दिलिपराज पन्तको एकल इजलासले चारै जनालाई प्रतिव्यक्ति १ लाख पचास हजार धरौटीमा रिहा गर्न आदेश दिएका हुन्।
यसैविच नेपाल ख्रीष्टियन समाजका केन्द्रीय महासचिव पास्टर डिल्लीराम पौडेलले प्रारम्भिक प्रतिक्रिया दिनुहुँदै अदालतको निर्णयले आफुहरू आश्चर्यमा परेको बताएका छन । अदालतले कानुनको मर्म अनुरूप अल्पसंख्यक धार्मिक आस्था र अभ्यासलाई सम्बर्द्धन गर्नुपर्नेमा झन निरुत्साहित पार्ने कार्य भएको बताएका छन्। अदालतको आदेशसंगै आफुहरूको भावी कदम बारे छलफल गरेर तय गरिने महासचिव पौडेलले बताएका छन ।