निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयनका लागि  शिक्षा मन्त्रालयको परिपत्र

0

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा परिपत्र गरेको छ ।

सोमबार शिक्षा मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई परिपत्र गर्दै निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहलाई निर्देशन दिन आग्रह गरेको हो ।

परिपत्रमा भनिएको छ,‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने गरी व्यवस्था भएको संविधान प्रदत्त अधिकार र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) को खण्ड ज मा व्यवस्था भए बमोजिम निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्ति व्यवस्थापन लगायतका विषयमा सङ्घीय सरकार र स्थानीय तहबाट जारी भएका संलग्न पानामा उल्लेख भए बमोजिमका कानुनी एवम् नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि त्यहाँ मन्त्रालय मार्फत सबै स्थानीय तहमा अनुरोध गरी पठाउने भनी यस मन्त्रालय (मा. मन्त्रीस्तर) बाट मिति २०८०।१२।०७ मा निर्णय भएकोले सबै स्थानीय तहमा पत्राचार गरी सहयोग गरिदिनु हुन निर्णय अनुसार अनुरोध छ ।’

निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयन नभएको भन्दै गुनासो बढ्दै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here