काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी-२० क्रिकेटमा सोमबार आयरल्यान्ड ‘ए’ ले दिएको एक सय २२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले लगातार दुई विकेट गुमाएको छ ।
नेपालले पहिलो विकेटका रूपमा ओपनर ब्याट्सम्यान असिफ शेख पेभेलियन फर्किएका हुन् । आउट हुनुअघि उनले ११ बलमा एक छक्का र दुई चौकाको मद्दतले १६ रन बनाएका थिए । उनलाई आयरल्यान्ड ‘ए’ का बलर गारेथ डेलानीले एलबीडब्लूको धरापमा पारेका थिए । ३.२ ओभरमा आसिफ आउट हुँदा नेपालले ३२ रन बनाएको थियो ।
नेपालले दोस्रो विकेटका रूपमा कप्तान रोहित पौडेललाई शून्य रनमै गुमाएको थियो । उनलाई आयरल्यान्डका बलर डेलानीले डोहेनीद्वारा क्याच गराएका थिए । ३.४ ओभरमा कप्तान रोहित आउट हुँदा नेपालले ३२ रन बनाएको थियो ।