काठमाडौं : बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले १० रोपनी जग्गा हडपेको आरोपमा अरुण चौधरी र अजित नारायण सिंह थापालाई बिहीबार नियन्त्रणमा लिएको हो।
सिआइबीका प्रमुख किरण बज्राचार्यका अनुसार तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका प्रमुख अजित नारायण सिंह थापा र अरुण चौधरीलाई १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ गरिएको हो।
चौधरीको द चाँदवाग स्कुलले १० रोपनी जग्गा हडपेको र त्यसमा तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका प्रमुख अजित नारायण सिंह थापाको मिलोमतो रहेको उनीहरूमाथि आरोप छ।