युरोप पठाइदिन्छु भन्दै ६०० भन्दा बढीलाई ठगेको आरोपमा सुजन तामाङ पक्राउ

0

काठमाडौं : युरोपका विभिन्न देशमा पठाइदिन्छु भनेर प्रलोभन देखाई ६०० जनाभन्दा बढीलाई ठगी गरेर फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विकाश वाइबा भनिने सुजन तामाङ छन्। उपत्यका अनुसन्धान कार्यालय काठमाडौँले उनलाई ललितपुरको लेलेबाट बुधबार पक्राउ गरेको हो।

नुवाकोट घर भएको तामाङले युरोपियन मुलुक पठाइदिन्छु भनेर ती पीडितहरूबाट ६९ करोड ठगी गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए।

पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here