मलेसिया पठाइदिन्छु भन्दै डेढ लाख ठगी गर्ने पक्राउ

0

काठमाडौं : मलेसियाको प्रतिष्ठित कम्पनीमा आकर्षक तलबमा पठाइदिन्छु भन्दै डेढ लाख रकम ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा जिल्लाको बारागढी गाउँपालिका-०१ घर भई काठमाडौं जडीबुटी बस्ने २९ वर्षीय दिलिप शाह छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ  सिनामंगलबाट पक्राउ गरेको हो।

पक्राउ परेका दिलीप संजय शाह समेतलाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु मासिक ६० हजार तलब हुन्छ भनी डेढलाख रकम लिई सम्पर्कविहीन भएका थिए।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here