सुडानमा शान्ति कायम हुने संयुक्त राष्ट्रसंघको विश्वास

0

खार्तुम : सुडानका लागि संयुक्त राष्ट्रसंघीय हासचिवका राजदूत रामताने लामाम्राले सुडानमा शान्ति र स्थायित्व कायम हुने र द्वन्द्व अन्त्य हुने सम्भावनाबारे आशावादी रहेको बताएका छन्।

सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष र सुडानी सशस्त्र बल (एसएएफ)का जनरल कमाण्डर अब्देल फता अल–बुर्हानसँग पोर्ट सुडानमा भएको भेटमा लामाम्राले उक्त टिप्पणी गरेका हुन्।

अल–बुर्हानले संयुक्त राष्ट्रका राजदूतलाई शान्तिपूर्ण समाधान खोज्ने प्रयासबारे जानकारी गराए, सुडान सरकारको लोकतान्त्रिक रूपान्तरणप्रति प्रतिबद्धता र आम चुनावबाट समाप्त हुने संक्रमणकालीन अवधिमा जोड दिएको पनि दूत लामाम्राले बताए।

सुडानमा अप्रिल १५, २०२३ देखि एसएएफ र अर्धसैनिक र्‍यापिड सपोर्ट फोसबीच घातक झडप हुँदै आएका छन्। द्वन्द्व शुरु भएदेखि सुडानभित्र र बाहिर ७.३ मिलियनभन्दा बढी मानिस विस्थापित भएका छन्। द्वन्द्वमा १२ हजारभन्दा बढी मानिस मारिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here