जनवरीमा श्रीलङ्कामा ५ हजारभन्दा बढी डेंगीका बिरामी

0

श्रीलङ्कामा यसै वर्षको जनवरीमा हालसम्म ५ हजारभन्दा बढी डेंगी संक्रमित बिरामी  फेला परेका छन्।  राष्ट्रिय डेंगी नियन्त्रण एकाइले मङ्गलबार जनाए अनुसार जनवरीको पहिलो आधामा  ५ हजार ८२९ जनामा सङ्क्रमण देखिएको उल्लेख छ।

पश्चिमी प्रान्तमा सबैभन्दा बढी १ हजार ९५६ मामिला रिपोर्ट गरिएको  छ भने, उत्तरी प्रान्तमा १ हजार ३९० मामिलाहरू छन्। गत वर्ष, श्रीलङ्कामा ८८ हजार ३९८ डेंगीका घटनाहरू रिपोर्ट गरिएको थियो जसमा ५७ जनाको मृत्यु भएको थियो। 

जनवरीको सुरूमा, स्वास्थ्य मन्त्रालयले देशमा लामखुट्टेबाट हुने रोगको फैलावट रोक्न देशव्यापी डेंगी रोकथाम सप्ताह घोषणा गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here