ललितपुरमा इनारमा खसेकी महिलाको सकुशल उद्धार

0

काठमाडौं : ललितपुरमा इनारमा खसेकी एक महिलाको सकुशल उद्धार गरिएको छ। 

महालक्ष्मी नगरपालिका ३ नवीन टोलस्थित इनारमा खसेकी २८ वर्षीया नूतन प्रधानको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। 

सोमबार बिहान घर कम्पाउन्डभित्र लुगा सुकाउने क्रममा इनारको स्ल्याब ढकनमा टेक्दा स्ल्याब फुटेर उनी इनारमा  खसेकी थिइन्। 

सशस्त्र प्रहरीको दक्षिणकाली गणबाट खटिएको विपद व्यवस्थापन टोलीले अन्य सुरक्षा निकायको सहयोगमा उनको उद्धार गरिएको हो । शरीरमा सामान्य चोटपटक लागेका उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here