पश्चिमी अफगानिस्तानमा आत्मघाती आक्रमण

0

अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा भएको आत्मघाती आक्रमणमा आक्रमणकारी मारिएको बताइएको छ। प्रान्त गभर्नरको कार्यालयलाई लक्षित गरी आत्मघाती बम हमला गर्ने प्रयासलाई सुरक्षा बलले असफल बनाएको हो।

आक्रमणमा केही आक्रमणकारी मारिएको दाबी गरिएको छ। तीन सुरक्षाकर्मी घाइते भएको गृह मन्त्रालयले जनाएको छ। युद्धग्रस्त अफगानिस्तानमा विगत नौ दिनमा यो चौथो बिस्फोट हो।

तीमध्ये तीनवटा राष्ट्रिय राजधानी काबुल शहरमा भएका थिए। यसअघि अफगानिस्तानको राजधानी काबुलमा विभिन्न दिनमा भएका तीनवटा बिस्फोटमा कम्तीमा १० जनाको ज्यान गएको थियो। इस्लामिक स्टेट संगठनले मिनी बसमा भएको विस्फोटको जिम्मेवारी लिएको छ जसमा पाँच जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here