महालक्ष्मी विकास बैंकको २२ औँ वार्षिक साधारण सभा सम्पन्न

0

काठमाडौं : महालक्ष्मी विकास बैंकले २२ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

बैंक सञ्चालक समितिका अध्यक्ष श्री राजेश उपाध्यायको अध्यक्षतामा शनिबार लैनचौर ब्याङ्केट, नेपाल स्काउट कम्पाउन्डमा साधारण सभा सम्पन्न भएको हो।

साधारण सभामा आ.व. २०७९-८० को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित भएको छ। त्यस्तै, बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तको वासलात, आ.व. २०७९-८० को नाफा नोक्सानको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएका छन्।

यसै गरी वार्षिक साधारण सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७९÷८० सम्मको मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ।

महालक्ष्मी विकास बैंकले जनताको घरदैलोमा २९ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here