बाल्टिनको पानीमा डुबेर बच्चाको मृत्यु

0

काठमाडौं : बाल्टिनको पानीमा डुबेर एक १४ महिनाको बच्चाको मृत्यु भएको छ।

रौतहटको गुजरा नगरपालिका-१ रंगपुर घर भई चन्द्रपुर नगरपालिका-७ नयाँ बस्ती कटानी टोलस्थित मामा घरमा बस्ने सुबम साहकी छोरी १४ महिनाकी अनु साहको बाल्टिनको पानीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

खेल्ने क्रममा डुबेर अशक्त भएकी उनको चपुर प्रालि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here